Sunday, September 29, 2024

बाढीले पोखरीमा पसेको गोही नदीमा छोडियो

काठमाडौं–कैलालीको टीकापुरस्थित एक स्थानीयको पोखरीमा पसेको दुर्लभ तथा संरक्षित मगरगोहीको उद्धार गरिएको छ।

उद्धार गरी नदीमा छोडिदै मगरगोही।

१८ असारमा आएको बाढीका कारण टीकापुर नगरपालिका– ७ बेलुवाका स्थानीय टेकबहादुर मल्लको पोखरीमा पसेको गोहीलाई सोमबार उद्धार गरी नदीमा छोडिएको हो।

कैलालीका पत्रकार भीम श्रीपाइलीका अनुसार ती–चार महिनाको उक्त गोहीलाई  पथरैया नदी, कान्द्रा नदी र मोहना नदीको त्रिवेणीमा छोडिएको हो। संरक्षणकर्मी विजयराज श्रेष्ठ, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहका मीनबहादुर ठक्कुला र स्थानीय रामचरण चौधरीसहितले उक्त गोही नदीमा छोडेका हुन्।

स्वच्छ पानी मन पराउने र ताजा माछा खाने गोही बर्खामा बाढीका कारण सुरक्षित स्थान खोज्दै बस्तीतिर जाने गरेको संरक्षणकर्मी श्रेष्ठ बताउँछन्।

असारमा आएको बाढीका कारण कैलालीको भजनी, टीकापुर लगायतका क्षेत्रमा गोही देखा परेका थिए। नेपालमा घडियाल र मगर गरी दुई थरी गोही पाइन्छन्। अति सङ्कटापन्न र लोपोन्मुख प्रजाति गोहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त वासस्थान मानिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार