Wednesday, October 30, 2024

नेपालको पश्चिमी भेगमा भारी वर्षा, बाढीको संभावना बढ्दो

काठमाडौँ – काठमाडौँ उपत्यकालगायत देशैभर परिरहेको वर्षा अझै केही दिनसम्म चल्ने मौसमविदहरूले बताएका छन्। अहिले विशेषगरी पश्चिमी भेगमा भारी वर्षा भइरहेको मौसविदहरूले बताएका छन्।

मौसमविद मञ्जु बासीका अनुसार मनसुन सकिनै लाग्दा मनसुनी सक्रियता पश्चिमी भेगमा बढेको हो। देशका अधिकांश स्थानमा अहिले बदली भइरहेको छ भने काठमाडौँ उपत्यकाका साथै मध्य र पूर्वी भेगमा सामान्य वर्षा भइरहेको छ ।
आज नेपालगञ्जमा सबैभन्दा धेरै वर्षा भएको छ। नेपालगञ्जमा ६४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै ओखलढुंगामा ५६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौँ मा ४४ मिलिमिटर वर्षा भएको छ।

मनुसनी सक्रियता पश्चिभी भेगमा बढी भएकाले पश्चिममा अझै केही दिन भारी वर्षा हुनसक्ने मौसमविद बासीको भनाई छ । उनका अनुसार मध्य तथा पूर्वी भेगमा मंगलबारबाट वर्षा कम हुँदै जानेछ भने पश्चिमी भेगमा विहीबारसम्म भारी वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागको जलविज्ञान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले जारी गरेको बाढी बुलेटिनका अनुसार सोमबार दिउँसो र राती देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुनेछ ।

देशका प्रमुख नदीहरू कन्काई, सप्तकोशी, र यसका शाखा नदीहरू, कमला, नारायणी तथा यसका शाखा नदीहरू, पश्चिम राप्ती, बबई, तथा यसका शाखा नदीहरू र महाकाली लगायतमा बहाब बढ्ने संभावना रहेको छ । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सिन्धुली लगायत जिल्लाको चुरे पहाडबाट बहने नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार