Sunday, September 29, 2024

‘ल्याण्डफिल साइट’ का लागि अध्ययन समिति

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या बढ्दै गएका बेला ‘ल्याण्डफिल साइट’ को अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन अध्ययन समिति गठन गरिएको छ।

काठमाडौं महानगरपालिका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका गठीत ५ सदस्यीय समितिको सदस्यमा ललितपुर महानगरसहित उपत्यका सबै नगर समेटिने गरी प्रमुख प्रशासकीय अधिकृत छन्।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच, फोहोरमैला व्यवस्थापन सम्बन्धि विद्यमान समस्या र समाधानका उपाय निकाल्न आयोजना गरिएको बैठकले समिति गठन गरेको हो।

समितिलाई ३ वटा जिम्मेवारी दिइएको छ। जसमध्ये पहिलो, फोहोर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता शिफारिस गर्ने रहेको छ। यसमा नगरक्षेत्रबाट उत्पादन भएको फोहोरको परिमाणलाई आधार लिइनेछ।

दाेस्राे ल्याण्डफिल साइटको दीर्घकालीन समाधान कसरी निकाल्न सकिन्छ? वर्षौसम्म निर्माण हुन नसकेको बञ्चरे डाँडाको पूर्वाधार कसको सहभागितामा कसरी निर्माण सम्पन्न गर्न सकिन्छ, यस विषयमा शिफारिस गर्नेछ। यस प्रयोजनका लागि प्रदेश र संघ सरकारको जिम्मेबारीको पक्ष पनि हेरिनेछ।

तेस्राे जिम्मेवारीमा हाल सञ्चालन भइरहेको ल्याण्डफिल साइट सञ्चालन क्षमता सकिएकोले आजैदेखि परेको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा रहेको छ। यसमा जग्गा अधिग्रहण गर्ने वा लिजमा लिने भन्ने कुराको सिफारिस हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार