Sunday, September 29, 2024

पश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न स्थानमा सोमबारसम्म निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ।

अहिले उपत्यकासहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ। महाशाखाका अनुसार कैलालीको प्रायः र कञ्चनपुर जिल्लाको धेरै स्थानहरूमा भारी वर्षा भइरहेकाे छ।

महाशाखाले बुलेटिन जारी गरी भनेको छ, ‘आइतबार राति देशको पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।’ ती जिल्लामा चुरे र पहाडबाट बहने नदीहरूमा बाढी आउने सम्भावना रहेकाले सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ।

कैलालीमा पछिल्लो २४ घण्टामा १५० मिलिमिलर वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पूर्वी क्षेत्रमा मनसुनी वायू सक्रिय नभएकाले पानी कम परेपनि पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भाना छ।

आइतबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२ मिलिमिटर पानी परेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार