Wednesday, October 30, 2024

फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

कञ्चनपुर – भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो ।

गत वर्ष भीनपा र केन्द्रबीच सम्झौता भए बमोजिम उक्त केन्द्रको परामर्शदाताले भीनपा–३, ८, ९ र १८ मा सम्भाव्यता अध्ययन गरेकोे क्षेत्रीय सहरी विकास आयोजनाका वातावरण अधिकृत पदमराज जोशीले बताए।

उक्त केन्द्रका वायोग्याँस विशेषज्ञ उत्तम झा नेतृत्वको टोलीले गरेको स्थलगत अवलोकनका क्रममा देखिएका सबै जानकारीका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने जनाइएको छ ।

नगरपालिकामा बढ्दो जनसंख्याको चापको अनुपातमा उत्पादन हुने फोहर व्यवस्थापनका लागि ऊर्जा उत्पादन उपयुक्त विकल्प हुने बताइएको छ ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारसहित विभिन्न स्थानबाट दैनिक पाँच टन फोहर निस्कने गरेको छ । यसमा ४० प्रतिशत कुहिने फोहर निस्कने गरेको छ । कुहिने फोहरमा भान्छाको फोहर, सब्जीमण्डीका तरकारी, फलफूल, कागज, काठका टुक्रालगायत छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार