काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।
महाशाखाले शुक्रबार बुलेटिन जारी गरी सो जानकारी गराएको हो।
यस्तो छ बुलेटिन
– साउन १८ गते (शुक्रवार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। रातको समयमा देशका एक वा दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।
–साउन १९ गते (शनिवार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। दिउँसो र रातको समयमा मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
–साउन २० गते (आइतबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। दिउँसको समयमा मध्यमा र रातको समयमा देशका एक–दुई स्थानमा भारि वर्षाको सम्भावना रहेको छ।