काठमाडौँ – अवैध चितुवाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले विहीबार तीन जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।
उनीहरूलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ अन्नपूर्ण टोलबाट अवैध रुपमा संरक्षित वन्यजन्तु चितुवाको छाला (आखेटोपहार) ओसारपसार तथा खरिद बिक्री गर्न भनि साथमा राखेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बागलुङ तमानखोला गाँउपालिका वडा नं ६ बस्ने २५ वर्षीय झलक छन्त्याल, २३ वर्षका देबेन्द्र रसाईली र २३ वर्षकै ज्ञानेन्द्र सेन्चुरी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय पोखरामा बुझाइएको प्रहरीले बताएको छ ।





