Sunday, September 29, 2024

अन्नपूर्ण पोस्टकाे प्रधान सम्पादकमा थापा

काठमाडौै – अन्नपूर्ण पोस्ट दैनिकको प्रधान सम्पादकमा हरि बहादुर थापा नियुक्त भएका छन् ।

उनले बुधबारबाट नै औपचारिक रुपमा कार्यभार सम्हालेका छन्। थापाको नियुक्तीसँगै सम्पादक राजाराम गौतम बाहिरिएका छन्।

थापाले केही दिन अगाडी मात्र कान्तिपुर दैनिकबाट राजीनामा दिएका थिए।

नारायण वाग्लेलाई सम्पादकमा नियुक्त गर्ने व्यवस्थापनको निर्णयमा असहमति जनाउँदै थापाले राजीनामा दिएका थिए। थापा स्थापनाकालदेखि नै कान्तिपुरसँग आवद्ध थिए। थापालाई गत फागुन ६ मा कान्तिपुरको सम्पादक भनी घोषणा गरिए पनि प्रिन्ट लाइनमा भने उनको नाम राखिएन्।

अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुफ एडिटर विजय कुमार पाण्डे रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार