Sunday, September 29, 2024

आदिवासी पत्रकारिता पुरस्कार चार जनालाई

काठमाडौं–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले यसवर्ष ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ चार जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

फोनिजका महासचिव मनोज घर्तीमगरले पुरस्कार छनौट समिति सिफारिशमा आज बसेको फोनिजको बैठकले चार जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी गराए ।

उहाँका अनुसार उक्त पत्रकारिता पुरस्कारबाट यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा प्रदान गरिने भएको छ ।

जनही रु ४० हजार राशिको उक्त पुरस्कार फोनिज स्थापना दिवसको अवसरमा आगामी साउन २७ गर्ने प्रदान गरिनेछ । रासस

ताजा समाचार

सम्बन्धित समाचार