Sunday, September 29, 2024

हरित अर्थतन्त्र अपनाए सन् २०३० भित्र दुई करोड ४० लाखलाई रोजगारी

काठमाडाैैं–हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने सही नीतिहरू बनाइए सन् २०३० सम्म २४ मिलियन अर्थात् दुई करोड ४० लाखलाई नयाँ रोजगारी सिर्जना हुने अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को एक अध्ययनले देखाएको छ।

तापमानलाई दुई डिग्री सेल्सीयसमा कम गर्ने पेरिस सम्झौताको लक्ष्यलाई पूरा गरिए रोजगारको अवसर सृजना गर्न सकिने अध्ययनले देखाएको हो। सो अध्ययन अनुसार विशेषगरी ऊर्जा क्षेत्र, विद्युतीय सवारीसाधन लगायतका विभिन्न क्षेत्रमा सो रोजगारी सिर्जना हुनेछ।

क्षेत्रीय हिसावले हेर्दा अमेरिकामा तीन मिलियन (३० लाख), एसियामा १४ मिलियन (एक करोड ४० लाख) तथा प्यासिफिक र युरोपमा २ मिलियन (२० लाख) लाई रोजगारी सिर्जना हुनेछ। तर, मध्यपूर्व र अफ्रिकामा भने केहीको रोजगारी गुम्ने सो अध्ययनले देखाएको छ । किनकी ती मुलुकहरु कोल र खनिजबाट उत्पादन हुने ऊर्जामा निर्भर रहेका छन्।

त्यसैगरी, सर्कुलर अर्थतन्त्रले झण्डै ६ मिलियन (६० लाख) लाई रोजगारीको सिर्जना गर्नेछ। नवीकरणीय ऊर्जाको क्षेत्रले २ दशमलव ५ मिलियन (२५ लाख) लाई रोजगारीको सिर्जना गर्ने छ।

पेट्रोलको उत्खनन् र भण्डारण क्षेत्रमा कार्यरत केही कामदारले रोजगारी गुमाउने छन्। सो अध्ययनले हरित अर्थतन्त्रको लागि आवश्यक जनशक्ति तयार पार्न सबै मुलुकलाई सुझाव दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार