नेपाल र बंगलादेशबीच उर्जा सम्झौताको तयारी

काठमाडौं – सरकारले बंगलादेशसँग उर्जा सम्झौताको तयारी अगाडि बढाएको छ।

उर्जा, जलस्रोत र सिंचाई मन्त्रालयले बंगलादेशसँग उर्जा सम्झौताको लागि प्रक्रिया अगाडि बढाएको उच्च सरकारी स्रोतले जनाएको छ । सो सम्झौताको लागि बंगलादेशको उर्जा राज्यमन्त्री नसरुल हमिद आगमी अगष्ट दोस्रो साता नेपाल भ्रमण आउने भएका छन् ।

उर्जाको क्षेत्रमा सहकार्यको लागि नेपाल र बंगलादेशको बीचमा लामो समयदेखि कुराकानी भएपनि औपचारिक सम्झौता भने हुन सकेको छैन्। गत महिनामात्र प्रधानमन्त्री केपी ओलीको भ्रमणको समयमा चीनसँग यस्तै खाले सम्झौता भएको थियो।

यो सम्झौतापछि विशेषगरी दुई देशको बीचमा विद्युत्त व्यापारको ढोका खुल्ने छ । तीव्र रुपमा उर्जाको संकट भोगिरहेको बंगलादेशले नेपाबाट बिजुली किन्न चाहिरहेको छ र त्यसमा सहजिकरण गर्नका लागि उसले भारतलाई आग्रह गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार