Saturday, September 28, 2024

ताताे हावाले गम्भीर परिणाम ल्याउनसक्छ : अध्ययन

काठमाडाैं–जलवायु परिवर्तनको असर कम गर्न समयमा नै गम्भीर कदमहरु नचाल्ने हो भने बढ्दो तातो हावाका कारण सन् २०५० सम्मका वार्षिक सात हजार मान्छेको मृत्यु हुने एक अध्ययनले देखाएको छ।

बेलायतको वातावरण अडिट सम्वन्धी एक समितिका अनुसार तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनका लागि सन् २०५० सम्ममा तातो हावा एउटा सामान्य प्रक्रिया बन्नेछ। तातो हावाले विशेषगरी मुटु, मृगौला र श्वाप्रश्वास सम्बन्धी रोगहरु देखा पर्ने गर्दछ।

बीबीसीका अनुसार विशेषरी वृद्ध वृद्धाहरुलाई जोगाउनको लागि तत्काल कदम चाल्नुपर्ने देखिन्छ। तर अहिले विभिन्न देशमा बढेको तातो हावा जलवायु परिवर्तनकै कारणले हो कि होइन भन्नेमा वैज्ञानिकहरु भने विभाजित भएका छन्।  आगामी दिनमा यो झन बढ्नेमा भने वैज्ञानिकहरुको एक मत रहेको छ।

संसारमा विभिन्न देशमा पछिल्लो समयमा तातो हावाको प्रकोप बढीरहेको छ। जापान, बेलायत र भारत यसका पछिल्ला उदाहरणहरु हुन्। तातो हावाका कारण यि मुलुकहरुमा वर्षेनी दर्जनौ मानिसहरुको मृत्यु हुने गर्दछ, भने सयौैंको संख्यामा बिरामी पर्ने गर्दछन्  विशेषत बृद्धबृद्धाहरु यसबाट बढी प्रभावित हुने गरेका छन्। अघिल्लो साता जापानमा तातो हावा अस्वभाविक रुपले बढेको थियो।

तर, विभिन्न अध्ययनहरुले विभिन्न मुलुकमा तातो हावाको प्रकोप अझ बढ्ने देखाएको छ। जलवायु परिवर्तनका लागि जति नै गम्भीर पहलहरु लिएपनि तातो हावाको प्रकोप अझ बढ्ने अध्ययनहरुको निष्कर्ष रहेको छ। अहिले नै विश्वको एक चौथाई जनसंख्या कुनै न कुनै रुपले तातो हावाबाट प्रभावित छ। जलवायु परिवर्तनका कारण संसारका विभिन्न मुलुकमा तातो हावा वग्नेक्रम निकै फैलिएको छ।

बेलायतको एक संस्थाले गरेको एक अध्ययन अनुसार यस शताब्दीको अन्ततिर विश्वको झण्डै आधा जनसंख्या तातो हावाबाट प्रभावित हुनेछ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न कदमहरु नचालिएका अबस्था अझै गम्भीर हुने अध्ययनको निष्कर्ष छ।

‘तातो हावालाई रोक्ने हामीसँग कुनै पनि विकल्प छैन, विकल्प भनेको खाली खराब र डरलाग्दो बीचको अवस्था हो,’ हवाई विश्वविद्यालयका प्रोफेसर कामिलो मोराले दि गार्जियन समाचारपत्रसँग भनेका छन्। उनका अनुसार अमेरिकाका विभिन्न भागहरु पनि यतिवेला तातो हावाबाट प्रभावित भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार