Saturday, September 28, 2024

विपद्का घटनामा परी दुई दिनमा ११ जनाको मृत्यु

काठमाडौं–विभिन्न विपद्का घटनामा परी नेपालमा दुई दिनमा ११ जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार ११ र १२ साउनमा विपद्का घटनाबाट देशभरका विभिन्न १० जिल्लामा मानवीय क्षति भएको हो।

विपद्बाट काठमाडौंं, दाङ, बाँके, दोलखा, बाग्लुङ्ग, बारा, सप्तरी, रौतहट र नवलपरासी पश्चिममा एक–एक जना तथा मोरङमा दुई जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ। उनीहरूको खोलामा डुबी, खोलाले बगाइ, पोखरीमा डुबेर र चट्याङ लागेर मृत्यु भएको हो।

वैशाखदेखि साउन ११ सम्म ४ सय ४३ जनाको मृत्यु
गृह मन्त्रालले वैशाख १ देखि साउन ११ गतेसम्म बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपमा परी ४ सय ४३ जनाले ज्यान गुमाएको जनाएको छ।

राष्ट्रिय आपतकानीन सञ्चालन केन्द्रले देशभरका विभिन्न जिल्लामा आएको बाढीपहिरो, आगलागी, चट्याङ, हावाहुरी, भारी वर्षा, हिमपात लगायतका प्राकृतिक प्रकोपमा परी ३ सय २ जना पुरुष र १ सय ४१ जना महिलाको मृत्यु भएको जनाएको छ। ७२ जना बेपता छन्।

यो अवधिमा डुबेर २ सय ६५ जना, डुंगा डुबेर १ जना, आगलागीमा परी १० जना, बाढी २७ जना र पहिरोमा परी ४३ जनाको मृत्यु भएको छ।

त्यसैगरी भारी वर्षामा परी ७ जना, हावाहुरी १४ जना, हिमपात १ जना, चट्याङमा ३९ जना, हाइ अल्टिटुउड १२ र अन्य विपद्का घटनमा परी २४ ले ज्यान गुुमाएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार