Saturday, September 28, 2024

वन मन्त्री , वन सचिव , ललितपुर महानगरका मेयर लगायतले रोपेका विरुवाहरु तस्बिरमा

ललितपुर–ललितपुर महानगरपालिका वडा नं. २३ मा रहेको किराँत धार्मिक वनमा शनिबार वृक्षारोपण गरिएको छ ।

किराँत धार्मिक वनको आयोजना र जिल्ला वन कार्यालय ललितपुरको सहकार्यमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले करीव १२ फिट अग्लो रुद्राक्षको विरुवा रोपेका छन् ।

यसैगरी पूर्व सांसद अईन्द्र सुन्दर नेम्वाङ्ग, ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जन, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, पूर्व वन सचिव डा. कृष्ण चन्द्र पौडेल, वन तथा वातावरण मन्त्रालयका सह सचिव महेश्वर ढकाल, वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्य, रेड कार्यान्वयन केन्द्रका प्रमुख सिन्धु प्रसाद ढुंगाना र सामुदायिक वन महाशाखा प्रमुख अनुजराज शर्मा लगायतले पनिरुद्राक्ष, पिपल, समी, पैयुँ, कटुस, कल्कीफूल, धुपी सल्लो, कपुर, पारिजात आदि धार्मिक महत्वका तथा सौन्दर्यपरक करिब १५० भन्दा वढी विरुवाहरु रोपेका छन् ।

तस्बिर : नवीन लुईटेल 

ताजा समाचार

सम्बन्धित समाचार