Saturday, September 28, 2024

पुनर्निर्माण अनुदान : भारतबाट पहिलो किस्ता बापत दुई अर्ब हस्तान्तरण

काठमाडौं–१२ वैशाख २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको अनुदान रकममध्ये पहिलो किस्ता बापतको रकमको चेक हस्तान्तरण भएको छ।

तस्बिर साैजन्य : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिवसिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थित थिए।

सो रकम नुवाकोट र गोरखा जिल्लाका ४२ हजार ८६ निजी घरको अनुदान रकमको पहिलो किस्ताको प्रतिपूर्तिमा उपयोग हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

भारतले ८ फागुन २०७२ नुवाकोट र गोरखा जिल्लाका ५० हजार घरको पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गर्दै नेपाल सरकासँग सहमति गरेको थियो। भारतीय राजदूत पुरीले दोस्रो र अन्तिम किस्ता हस्तान्तरणको प्रक्रिया सुरु भइसकेको र दुई महिनाभित्र निश्कर्षमा पुग्ने जानकारी दिए।

नेपालको पुनर्निर्माणमा भारतले एक खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। ७५ अर्ब रुपैयाँ सहुलियत ऋण हो भने २५ अर्ब अनुदान हो। अनुदानमध्ये १० अर्ब निजी आवास निर्माणमा खर्च हुनेछ।

सेप्टेम्बर २०१६ मा दुवै देशले ७५ अर्ब रुपैयाँ सहुलियत ऋणमध्ये नुवाकोट र गोरखाका लाभग्राहीको तेस्रो किस्ताका लागि ५ अर्ब रुपैयाँ खर्च गर्ने सहमति पनि बनेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार