Saturday, September 28, 2024

बागमती सफाइ अभियान नयाँ शैलीमा

काठमाडौं–बागमती सफाइ महाभियान नयाँ शैलीमा सञ्चालन हुने भएको छ।

‘मुहानैदेखि बागमती सफा गरौं’ भन्ने आग्रहका साथ हरेक शनिबार सफाइ अभियान हुँदै आएकोमा अब ‘आफ्नो वडा आफैं सफा गरौं’ भन्ने आग्रहका साथ वडा कार्यालयमार्फत् सफाइ अभियान सञ्चालन गरिने भएके छ।

बागमती सुन्दरता सरोकार मञ्चका संयोजक उत्तम पुडासैनीका अनुसार स्थानीय तहलाई बागमती सफाइ अभियानमा स्वामित्व ग्रहण गर्न प्ररित गर्ने उद्देश्यले नयाँ शैली अपनाइएको हो।

सोही क्रममा गोकर्णेश्वर नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ६, ७ र ८ तथा कागेश्वरी मनोहरा वडा नम्बर ८ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ को आतिथ्यतामा बागमती सफाइ अभियान सम्पन्न भैसकेको छ।

आगामी शनिबारको सफाइ अभियान काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आतिथ्यतामा हुँदैछ। शनिबार गुह्येश्वरी मन्दिर अगाडिबाट सफाइ अभियानको थालनी गरिने छ।

बागमती सफाइ अभियानप्रति स्थानीय तह र स्थानीय जनताले स्वामित्व ग्रहण गर्नुपर्छ र स्रोतबाट नै फोहोर व्यवस्थापन हुनुपर्छ भन्ने मान्यता सहित वाग्मती सफाई अभियानसंगै स्थानीयहरुलाई फोहोरमैला व्वस्थापन सम्बन्धि तालिम समेत सुरु भएको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार