Saturday, September 28, 2024

हरिण मारेकाे अाराेपमा दुई जना पक्राउ

काठमाडौं–जंगली हरिण मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जंगली हरिण मारेको आरोपमा प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका–२ घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय अजय चौधरी र ग्रामथान गाउँपालिका–७ बस्ने ३६ वर्षीय मोहन प्रसाद सुबेदीलाई पक्राउ गरेको छ ।

कानेपोखरी गाउँपालिका–७ स्थित दही खोलाबाट उनीहरुलाई जंगली हरिण मारी काटेको मासु अन्दाजी २० किलो सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार