दिउँसो टिपरमा रोक लगाएपछि साना सवारी चालकलाई राहत (भिडियो सहित)

काठमाडौं– सरकारले काठमाडांै उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर सञ्चालनमा रोक लगाएपछि साना सवारी चालकहरूले राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्।

टिपरका कारण दुर्घटना बढेको भन्दै गृह मन्त्रालयको निर्देशनमा काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले १ साउनदेखि राति मात्र टिपर चलाउन पाइने व्यवस्था लागू गरेको थियो। यसले गर्दा पैदलयात्रुसँगै साना सवारी चालकले सुरक्षित महसुस गरेको बताएका छन्।

बिहान र दिउँसो टिपर चलाउनमा रोक लगाउनु अघि र रोक लगाइसकेपछि साना सवारी चालकहरूले कस्तो अनुभव गरेका छन् ? सोही विषयमा हामीले साना सवारी चालकहरूको धारणा बुझ्ने प्रयास गरेका छौँ ।

ताजा समाचार

सम्बन्धित समाचार