Saturday, September 28, 2024

वायुको गुणस्तर जाँच गर्ने मेसिनको पार्टपूर्जा चोरीको पत्ता लागेन

काठमाडौं– कीर्तिपुरस्थित वायु गुणस्तर मापन केन्द्रको मेसिनका ब्याट्री चोरी भएको १० महिनासम्म पनि पत्ता नलागेपछि विकल्प अपनाइने भएको छ।

गत वर्षको दसैंमा त्रिभुवन विश्व विद्यालय कीर्तिपुरको भौतिकशास्त्र विभाग नजिकै रहेको केन्द्रबाट ४ वटा ब्याट्री चोरी भएका थिए। तर, चोरी भएको १० महिना वितिसक्दा पनि फेला नपरेपछि वातावरण विभागले नयाँ ब्याट्री र युपिएससहित मेसिन सञ्चालनमा ल्याउने तयारी गरेको हो।

विभागका महानिर्देशक दुर्गा दुवाडी चाँडै नै नयाँ ब्याट्री जडान गरिने बताउँछन्। सरकारी अधिकारीका अनुसार चोरी भएकाप्रति ब्याट्रीको मूल्य १५ देखि २० हजार पर्छ । अब सो मेसिनमा ब्याट्री जडान गरिसकेपछि बीमा पनि गर्ने
तयारी रहेको उनले बताए ।

लापरवाहीको चरम नमुनाः दुई महिनासम्म पनि बनेन् वायु गुणस्तर मापन मेसिन

ताजा समाचार

सम्बन्धित समाचार