Saturday, September 28, 2024

उठ्न थाल्यो उपत्यकाको फोहोर

काठमाडौं– एक महिनादेखि उपत्यकास्थित सडकका चोकचोकमा थुप्रिएको फोहोर उठ्न थालेको छ।

बर्खासँगै उपत्यकाको फोहोर नियमति रुपमा उठ्न सकेको थिएन। फोहोर लिने गाडी नआउँदा कतिपयले घरमै फोहोर थुपारेर राख्न बाध्य थिए। नुवाकोटस्थित सिसडोल भरिएको र बर्खाको कारण बाटो बिग्रिएपछि समस्या आएको थियो।

ललितपुर महानगपालिकाका प्रवक्ता राजु महर्जनले आइतबारबाट उपत्यकाको फोहोर उठ्न थालेको बताए। ‘हिजोबाट सडकमा थुपारिएको फोहोर उठाउने थालिएको छ भने आजबाट घर–घरको फोहोर उठाउन थालेका छौं,’ उनले भने। उनले तत्कालका लागि सिसडोल ‘ल्याण्डफिल साइट’ मा फोहोर व्यवस्थापन गरिहेको बताए।

‘पहिरोले अवरुद्ध सडक मर्मत गरिएकाले फाहोर उठ्न थालेको छ,’ उनले भने ‘अर्को विकल्प नभएसम्म सिसडोलमै फोहोर व्यवस्थापन हुन्छ।’ प्रवक्ता महर्जनले अब पानी नपरेर नियमित फोहोर व्यवस्थापन हुने बताउँछन्।

काठमाडौं महानगरपालिका क्षेत्रमा पनि मुख्य सडकमा थुप्रिएको फोहोर उठाइसकेको र भित्री सडकमा मात्र बाँकी भएको बताएको छ।  काठमाडौँ महानगरपालिकाले १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोललाई लिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार