Saturday, September 28, 2024

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु

काठमाडौं– काभ्रेको बनेपास्थित चारदोबाटोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौंबाट धुलिखेल जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिपरले सोमबार बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक नमोबुद्घ नगरपालिका–४, खनालथोकका जीतबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बनेपाले जनाएको छ।

घटना पश्चात आक्रोशित जमातले टिपर आगजनी गरिदिएका छन्। टिपर चालक इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार