Saturday, September 28, 2024

काठमाडौंमा ‘कोरा साइक्लिङ च्यालेन्ज’

काठमाडौं– ‘काठमाडौं कोरा २०१८ साइक्लिङ च्यालेन्ज’ आयोजना भएको छ।

तस्बिर : भुषण तुलाधरकाे ट्वीटरबाट।

शनिवार पाटन दरबार प्राङ्गणबाट सुरु भएको ‘काठमाडौं कोरा’ मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको थियो। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। यसमा नव प्रवेशी थिए, भने ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरू सहभागी थिए।

बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ ।

सोसियल टुर्सले यही सिजनमा ८ वर्षदेखि यस्तो र्याली गर्दै आएको छ। पहिलोपल्ट २०६८ मा सुरु र्यालीमा ३५ जना सहभागी थिए।

ताजा समाचार

सम्बन्धित समाचार