Saturday, September 28, 2024

पत्रपत्रिकामा आज : प्रचण्ड गर्मीले जनजीवन कष्टकर, आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन

 

काठमाडौं–आज प्रकाशित विभिन्न पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर
एउटा झिँगाले १ सय भन्दा बढि रोग सार्ने गरेको समाचार अतुल मिश्रले कान्तिपुर दैनिकमा लेखेका छन् । गर्मी र वर्षासँगै झिँगाको संख्या बढ्ने गरेको छ । यसले गर्दा थुप्रै गम्भिर रोग फैलिने खतरा हुन्छ । ‘सहरका लागि होइनन् टिपर ’ शीर्षकमा कान्तिपुरमा खबर प्रकाशित छ । विकसित मुलुकमा सहरमा चलाउने छुट्टै साना टिपर हुन्छन् । तर हाम्रो देशमा डाँडाकाँडा खोलमा चलाउने टिपर राजधानीमा चलाउँदा समस्या आइरहेको सवारी मिस्त्री सुरेश बखती बताउँछन् । ‘ पानीमा ‘नाकाबन्दी’ ’शीर्षकमा लीला श्रेष्ठले लेखेको समाचारमा चाँगुनारायण नगरपालिकाले खानेपानीका बोतल र जारमा लगाएको कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिएको विरोधमा ब्यवसायीहरु आन्दोलित भएको उल्लेख छ ।

राजधानी
‘यार्सागुम्बा संकलन अनुमति माग ’ शीर्षकमा राजधानीमा समाचार प्रकाशित छ । अपि नाम्पा संरक्षण ब्यवस्थापन परिषद्ले यार्सागुम्बा संकलन अनुमतिको माग गरेको छ । सो खबर दार्चुलाको हो । परिषद्ले स्थानीयसँग अझै यार्सागुम्बा बाँकी नै रहेको भन्दै अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयसमक्ष संकलन अनुमतिको माग गरेको हो । ‘ झारफुकमा भर पर्दा सर्पदंशका बिरामी जोखिममा ’ शीर्षकमा रुद्र सुवेदीले लेखेको समाचारमा सर्पदंशका बिरामी तुरुन्त अस्पताल जानुको सट्टा झारफुकमा भर पर्दा उपचार जोखीमपूर्ण भएको डा कृष्ण आचार्यले जानकारी दिए ।
नागरिक
प्रचण्ड गर्मीले जनजीवन कष्टकर भएको सर्लाहीको खबर आज नागरिकले प्रकाशित गरेको छ । दुई दिनयता त्यहाँ गर्मी ह्वात्तै बढेको छ । हिजोमात्र त्यहाँ ४१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । गर्मीको प्रभाव विद्यालय, कार्यालयमा मात्र नभई घरघरमा बस्ने स्थानीयमा पनि परेको छ । उनीहरु रातीको समय १ बजेसम्म पनि गमीृका कारण निदाउन सक्दैनन् ।

नयाँ पत्रिका
सरकारले सगरमाथाको उचाइ मापन गर्दैछ । शेर्पा आरोहीमार्फत जिपिएस उपकरण सगरमाथाको शिखरमै पु¥याएर उचाइ मापन गर्ने भएको हो । मौसम अनुकूलताका आधारमा ०७६ बैशाखदेखि अशोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पु¥याउने सरकारी कार्ययोजना रहेको खबर पर्शुराम काफ्लेले लेखेको समाचारमा उल्लेख छ । सरकारले पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गर्न लागेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार