Friday, September 27, 2024

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम प्रक्षेपण गरेको छ।

महाशाखाले एक विज्ञप्ति जारी गरी दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको बताएको हो।

यस्ताे छ विज्ञप्ति

–साउन ३ गते (बिहीबार) दिउँसो देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा देशभर नै सामान्यदेखि पूर्ण बदलि रहि अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ। साथै, देशको पश्चिम र मध्य क्षेत्रका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

–साउन ४ गते (शुक्रबार) दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदलि रही धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। साथै, पश्चिम तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा भारी बर्षको सम्भावना देखिएको छ।

–साउन ५ गते (शनिबार) दिउँसको समयमा देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ, भने पश्चिम क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षाको पनि सम्भावना देखिन्छ। रातको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदलि रही धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। साथै, पश्चिम तथा मध्य क्षेत्रका केहि स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार