Friday, September 27, 2024

दुर्लभ प्रजातिको अजिंगर वनमा छाेडियो

काठमाडाैं– कैलालीको टीकापुर नगरपालिका–७ पदमपुरमा भेटिएको दुर्लभ प्रजातिको अजिंगर वनमा छोडिएको छ।

स्थानीय राजकुमार राणाको कुखुराको खोरमा पसेको अजिंगरलाई सत्ति कर्णाली सामुदायिक वनमा छोडिएको कैलालीका पत्रकार भीम श्रीपाइलीले जानकारी दिएका छन्।

राणाको कुखुराको खोरमा बुधबार भेटिएको अजिंगरले दुईवटा कुखुरा खाएको बताइएको छ।

वनका कर्मचारी मीनबहादुर ठकुल्लाका अनुसार कर्णाली नदीको किनारामा अवस्थित उक्त सामुदायिक वनमा अजिंगरको बासस्थान रहेको छ।

 राष्ट्रिय प्रकृति संरक्षण काेषका संरक्षण अधिकृत सन्तोष भट्टराईका अनुसार उक्त अजिंगर वर्मिज प्रजातिकाे हाे। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले घस्रने वन्यजन्तुको सूचीमा अजिङ्गरलाई सूचीकृत गरेको छ।

बढ्दो जनसङ्ख्या वृद्धि, वन फँडानी, सीमसार क्षेत्रहरुको अतिक्रमण र अत्यधिक प्राकृतिक दोहनले अजिङ्गरको आहारा मात्र होइन वासस्थान नै गुम्ने खतरा बढेको संरक्षणकर्मीहरुको भनाई छ। नेपाल इन्डियन रक र वर्मिज गरी दुई किसिमका अजिङ्गरका लागि उपयुक्त वासस्थान रहेको मानिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार