Friday, September 27, 2024

१९ वटा सालकको खपडा सहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले १९ वटा सालकको खपडा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–५ बस्ने ३५ वर्षीय राजेन्द्र मिजार रहेका छन् । शिवपुरी राष्ट्रिय निकुञ्जको एरियामा मिजारले सालक मारी फालेको भन्ने खुल्न आएको र सो क्षेत्रमा खोजतलास गर्दा १९ वटा सालकको खपडा फेला परेपछि उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले मिजारलाई उक्त खपडा सहित आवश्यक कारवाहीको लागि शिवपुरी राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाएको बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार