Friday, September 27, 2024

महर्जन कम्प्लेक्सविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं– सर्वोच्च अदालतले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा निर्माणाधीन महर्जन कम्प्लेक्सको निर्माण कार्य रोक्न दिएको अन्तरिम आदेशको उल्लंघन भएको भन्दै अवहेलना मुद्दा दायर भएको छ।

वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठी, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठसहित १ सय ४ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पुरातत्व विभाग, काठमाडौं महानगरपालिकासहित १४ निकायलाई विपक्षी बनाएर बुधबार सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन्।

हनुमानढोका दरबार क्षेत्रको ‘बफर जोन’ मा निर्माण भइरहेको महर्जन बिजनेस एसोसिएट्स प्रालिले मापदण्डविपरीत निजी भवन बनाइरहेको भन्दै १० वैशाखमा परेको रिटमाथि १२ वैशाखमा सुनुवाइ गर्दै सर्वाेच्चले निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी गरेको थियो।

१४ जेठमा दुबै पक्षबीचको छलफल पश्चात रिटको अन्तिम सुनुवाइका लागि १६ साउनमा पेशी तोकिए पनि अदालतको अवहेलना गरी ‘भवन निर्माणको काम धमाधम’ भइरहेको भन्दै उनीहरुले मुद्दा दायर गरेका हुन्।

सम्बन्धित समाचार
महर्जन कम्प्लेक्स : सर्वोच्चको आदेशको उल्लंघन
सर्वोच्चले भन्यो– हनुमानढोका दरबार क्षेत्रमा भवन निर्माण नगर्नु

ताजा समाचार

सम्बन्धित समाचार