Friday, September 27, 2024

गोरखा : पहिरोले घर भत्किँदा तीन जनाको मुत्यु

गोरखा–पहिरोले घर भत्किँदा गोरखाको शहीद लखन थापा गाउँपालिका– ६ अँधेरीमा तीन जनाको मृत्यु भएको छ।

अधेरीका नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुँवर, भान्जी २० वर्षीया सरु र सरुकी ८ महिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान करीब साढे ६ बजेतिर पहिरो गएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए। कुँवरकी भान्जी सरु पूजाका लागि मामाकी घर गएकी थिइन्।

ताजा समाचार

सम्बन्धित समाचार