Tuesday, October 29, 2024

जनकपुरमा वातावरण बहस शुरु

काठमाडौं–नेपाल वातावरण पत्रकार समूहको आयोजनामा प्रदेश नम्बर २ को राजधानी जनकपुरमा ‘सञ्चार बहस :  प्राथमिकतामा वातावरण’ नामक एक दिने अन्तर्क्रिया कार्यक्रम शुरु भएको छ।

कार्यक्रमको शुरुवात गर्दै नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक सुवोध गौतमले कार्यक्रमको उद्देश्य र यसका लक्ष्यहरूको बारेमा जानकारी गराए। ‘सडकसँगै साइकल लेन पनि बन्नुपर्छ। सडक निर्माणको परम्परागत अवधारणमा परिवर्तन ल्याउन आवश्यक छ,’ उनले भने। नेफेजले राजनीतिक मुद्दामा नभइ प्रकृति र वातावरणको एजेण्डा उठान गर्ने काम गरिरहेकाे उनले बताए।

उनले भने,‘देश विकासमा प्रवेश गर्न थालेको छ। तर, विकासले वातावरण र प्रकृतिमा नकारात्मक असर नगरोस्। खोला, वन, जंगल र सरसफाइमा हामीले ध्यान दिनुपर्ने आवश्यकता छ। कार्यक्रमको उद्देश्य प्रदेश नम्बर २ का वातावरणका सवालहरूको बारेमा छलफल गर्नु रहेको बताउँदै गाैतमले भने, ‘बाढीपहिरो र चुरे बिनासका कारण यस क्षेत्रमा बासिन्दा प्रभावित भएका छन्।

नेफेजका अध्यक्ष अर्जुन ढकालले प्रदेश नम्बर २ का वातावरणका बृहत विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।  विशेषतः स्थानीय, क्षेत्रीय र सीमापार विषयहरूमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका ढकालले वनविनाश, माटोको क्षयीकरण, पानीका स्रोत तथा प्रदूषणलार्इ समेटेका छन्। उनले विभिन्न संघसंस्थाहरूले विशेषतः अहिलेको प्रदेश नम्बर २ लाई आधारित बनाएर गरिएका अध्ययनहरूको निचोड प्रस्तुत गरे

कार्यक्रममा प्रदेश २ का मन्त्री, सांसद तथा वातावरणसँग सरोकार राख्ने पत्रकार तथा अन्य क्षेत्रका व्यक्तिहरूको सहभागिता छ।

ताजा समाचार

सम्बन्धित समाचार