Friday, September 27, 2024

जोखिममा परेका परिवारलाई एकीकृत आवास

पर्वत–भूकम्पका कारण जोखिममा परेको यहाँको एउटा बस्तीलाई एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरिने भएको छ ।

जोखिममा रहेको फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेको दलित बस्तीका लागि नजिकै एकीकृत बस्ती निर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा अर्चलेका १२ घरपरिवारलाई नजिकै छतिवन टारीमा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने तयारी भएको हो ।

पहिरोको उच्च जोखिममा रहेको बस्तीका १७ घर भूकम्पमा पूर्ण क्षति भएका थिए भने अन्य तीन घरसमेत जोखिममा रहेका कारण बस्ती स्थानान्तरण गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

भूगर्भविद्ले अर्चलेको उक्त दलित बस्ती उच्च जोखिममा भएकाले स्थानान्तरण गर्न सुझाव दिएका थिए । छतिवनको टारीमा एकीकृत आवास निर्माणका लागि २७ रोपनी जमिन सामूहिक रुपमा खरिद गरिएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार