Friday, September 27, 2024

वातावरण संरक्षणका लागि सडक नाटक

पोखरा–पोखरामा वातावरणमैत्री सडक नाटक मञ्चन गरिएको छ।

वातावरण प्रदूषण र फोहोरमैला व्यवस्थापन सम्बन्धी विषय वस्तुमा केन्द्रित रहेर पश्चिम नेपाल सामुदायिक विकास केन्द्रको आयोजना तथा ओथेलो नाटक समूहको सहकार्यमा मालेपाटनमा ‘हाम्रो पोखरा राम्रो पोखरा’ नाटक मञ्चन गरिएको हो।

नाटकमा कलाकारहरू सबु पाठक, देवेन्द्र पुनमगर, सुमन कार्की, निर्मल रामदाम, यशोदा ढकाल र सरु मिजारले अभिनय गरेका थिए।

पोखरा महानगरपालिका–५ का वडा अध्यक्ष धनबहादर नेपालीले आगामी वर्षदेखि वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनका लागि बजेट नै छुट्याइने बताए।

यसैगरी, सडक नाटक पोखराका अन्य स्थानहरूमा समेत मञ्चन गरिने कार्यक्रम संयोजक मोतीसागर अधिकारीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार