Friday, September 27, 2024

बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह

भक्तपुर : प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भक्तपुरमा आएको बाढी, पहिरो र डुबानले भएको क्षतिबारे जानकारी लिएकी छिन् । प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँगको भेटमा उनले क्षतिको अवस्थाबारे जानकारी लिएकी हुन् । उनले मध्यपुर थिमि क्षेत्रमा हनुमन्ते खोलामा आएको बाढीले पु¥याएको क्षति र चाँगुनारायण नगरपालिका क्षेत्रमा पहिरोका कारण मृत्यु भएकाका परिवार एवं त्यहाँको अवस्थाका बारेमा जानकारी लिएकी थिइन् ।

उनले भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारसँग पीडित परिवारलाई आवश्यक सहयोग गर्न आग्रहसमेत गरिन् । ।उनले प्रदेश सरकारलाई क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । पीडितका लागि पाल, झूल, लत्ताकपडा लगायतका भौतिक सामग्री आवश्यक परे व्यक्तिगत रुपमा आफू सहयोग गर्न तयार रहेको प्रदेश सदस्य डा श्रेष्ठ र नगरप्रमुख श्रेष्ठलाई उनले जानकारी गराइन् ।

प्रदेश प्रमुख कोइरालालाई प्रदेश सदस्य डा श्रेष्ठले मध्यपुरथिमि क्षेत्रमा बाढी र डुबानका कारण भएको क्षतिको अवस्थाबारे जानकारी गराएका थिए । उनले बाढी र डुबानका क्षेत्रका बासिन्दाको खाद्यान्न, लत्ताकपडा, विभिन्न सामग्री, पशुपक्षी र घरमा समेत क्षति भएको जानकारी गराएका थिए ।

नगर प्रमुख श्रेष्ठले यहाँको व्यापार र व्यवसायमा समेत ठूलो क्षति पुगेको बताउँदै व्यापारीले गोदाममा राखेका सामग्रीसमेत नष्ट भएको बताए । भक्तपुरमा करोडौँ बराबरको क्षति भएको जानकारी गराउँदै केन्द्रीय तहबाट यस्ता बाढी तथा डुबानलाई रोक्न ठोस नीति लिनुपर्ने उलेख गरे । स्थायीरुपमा यस्ता समस्या समाधान गर्नेबारे सरकारबाट चासो दिन पनि आग्रह गरिएको थियो । (रासस)

ताजा समाचार

सम्बन्धित समाचार