Friday, September 27, 2024

कान्तिपुरको प्रधान सम्पादकमा वाग्ले नियुक्त

काठमाडौं–कान्तिपुर पब्लिकेशन्सले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्लेलाई नियुक्त गरेको छ।

तस्वीर : जनकराज सापकोटाको ट्वीटरबाट।

पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया शुक्रबार वाग्लेलाई प्रधान सम्पादकमा नियुक्त गरिएको कार्यक्रममार्फ्त जनाएका हुन्। यसअघि पनि कान्तिपुरमा प्रधान सम्पादक रहिसकेका वाग्ले १० वर्षपछि पुनः कान्तिपुर फर्केका हुन् ।

२७ असारमा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाण्डु पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजीनामा दिएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार