Friday, September 27, 2024

‘बेलायत नेपालसँग ऊर्जामा सहकार्य गर्न तयार’

काठमाडौं– ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनसँग नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसले शुक्रबार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा ऊर्जामन्त्री पुनले बेलायती लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिदिन राजदूत मोरीससँग आग्रह गरे। मन्त्री पुनले राष्ट्रिय प्रशारण लाइनको गुरुयोजना सार्वजनिक भइसकेकाले अब जलविद्युत क्षेत्रमा लगानीको उपर्युक्त वातावरण बनेको बताए।

भेटमा राजदूत मोरीसले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताए। उन बैैकल्पिक ऊर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआईडीमार्फत् काम भइरहेको जानकारी दिँदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

ताजा समाचार

सम्बन्धित समाचार