Friday, September 27, 2024

प्रदूषण घटाउन एक हजार विद्युतीय बस खरिद गर्दै दिल्ली सरकार

काठमाडौं–वायु प्रदूषण कम गर्ने एउटा महत्वपूर्ण कदम चाल्दै भारतको दिल्ली सरकारले एक हजार विद्युतीय बस किन्ने प्रस्तावलाई स्वीकृति दिएको छ।

एक हजार बस किन्न २ हजार ५ सय करोड रुपयाँ लाग्ने अनुमान गरिएको छ । यस अगाडि नै आर्थिक वर्ष सन् २०१८-२०१९ को बजेट कार्यक्रममा सो विषय उल्लेख गरिएको थियो।

दिल्ली सरकारको क्याबिनेटको बैठकले प्रस्ताव स्वीकृत गरेपछि मुख्यमन्त्री अरविन्द्र केजरीवालले ट्वीटमार्फत सो जानकारी गराएका थिए। उनले सो निर्णय दिल्लीको यातायातलाई आधुनिकीरण गर्ने र प्रदूषण घटाउने एक महत्वपूर्ण कदम भएको बताएका छन्।

यस अगाडि दिल्ली सरकारले त्यहाँको उच्च अदालतलाई एउटा बसको २ दशमलव ५ करोड पर्ने जानकारी गराएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार