Friday, September 27, 2024

एप्पलले चीनको नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्ने

काठमाडौं–एप्पलले आफ्ना उपभोक्ताहरुलाई नविकरणीय ऊर्जाका स्रोतहरू प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक चीनमा लगानी गर्ने घोषणा गरेको छ।

एप्पलले जलवायु परिवर्तनका विषयलाई सम्बाेधन गर्ने र नवीकरणीय ऊर्जाका स्रोतहरुको प्रयोग वृद्धि गर्न सहयोग गर्ने घोषणा गरे अनुसार चीनमा सो लगानी गर्न थालेको हो। उसले आगामी चार वर्षका लागि चीनको क्लिन इनर्जी फण्डमा एप्पलले ३०० मिलियन अमेरिकी डलर लगानी गर्ने छ। सो रकम नवीकरणिय ऊर्जाका परियोजनाहरु विकास गर्ने प्रयोजनका लागि खर्च गरिने छ।

‘जलवायु परिवर्तनका असरहरु कम गर्न काम गरिरहेका संस्थाहरुसँग सहकार्य गर्न पाउँदा हामीलाई गर्वको महसुस भइरहेको छ,’ एप्पलको वातावरण, निती र सामाजिक पहलहरु कार्यक्रमका उपाध्यक्ष लीसा ज्याकसनले भनिन्। यसै वर्षको शुरुवातमा एप्पलले जलवायु परिवर्तनका असरहरू कम गर्ने कार्यमा सहयोग गर्ने बताएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार