Friday, September 27, 2024

मध्य र पश्चिमी भुभागमा वर्षा हुने प्रक्षेपण

काठमाडौं–बाढी पूर्वानुमान शाखाले मुलुकका विभिन्न स्थानका ठूला नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली लगायतका मुख्य नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको तर, खतराको तह पार गरिहाल्ने अवस्था नरहेको शाखाले बुलेटिनमार्फत् जनाएको छ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले अझै केहि दिन मुलुकको मध्य र पश्चिमी भूभागमा वर्षा हुने बताए।

मुलुकको पूर्वी तराई क्षेत्रमा वर्षा भए पनि मध्य र पश्चिमी भूभागको तुलनाामा वर्षाको गतिविधि केही कम हुने उनले बताए। शुक्रबार मध्य र पश्चिमी भुभागको एक दुई स्थानमा भारी वर्षा हुने अनुमान रहेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार