Tuesday, October 29, 2024

पत्रपत्रिकामा आज : बस्ती खोलामा बस्यो, खोला सहर पस्यो, प्रभावकारी बन्दै चुरे संरक्षण

काठमाडौँ – आजका पत्रपपत्रिकाहरूले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । भक्तपुरको बाढीलाई विशेष प्राथमिकता साथ छापेका छन् ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा बस्ती खोलामा बस्यो, खोला सहर पस्यो शिर्षकमा समाचार छापिएको छ । टेकराज थामी, अर्जुन पौडेल र जीवन बस्नेतले संयुक्त रुपमा उक्त समाचार लेखेका छन् । बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो ।

त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो । पछि जग्गा प्लटिङ गर्ने भूमाफिया प्रवेश गरे ।

जग्गाको मूल्य रातारात बढ्न पुग्यो । स्थानीयले आफ्नो जग्गाको साँध खोलाको बगरसम्म पुर्याएर महँगोमा बेचे । खरिद गर्नेले साँध अझ धकेलेर खोलामै पुर्याएर पर्खालसमेत लगाए । स्थानीय निकाय, प्रशासन र नापीसमेत मूकदर्शक बनेको वेला भूमाफियाले साँघुरो खोलालाई पनि माफ गरेनन् । यस्तो समूहले स्काभेटर चलाएर ०७२ सालमा एकै रातमा खोलाको धार नै उल्टाइदियो ।

यही विषयलाई लिएर मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट सिमानाका स्थानीयबीच झडप नै भयो । खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको एउटा डोजर र एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, यसको दीर्घकालीन समाधान खोजिएन । वर्षामा पानी बढ्दा खोलालाई बहाव पुग्दैन । जसले खोला मिचेका छन् तिनको मात्र होइन, आमसर्वसाधारणको घर पनि डुबाउँछ । तर, यसको समाधान कसरी गर्ने ? सरकारसँग पनि कुनै नीति छैन ।बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो ।

त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो । पछि जग्गा प्लटिङ गर्ने भूमाफिया प्रवेश गरे ।

जग्गाको मूल्य रातारात बढ्न पुग्यो । स्थानीयले आफ्नो जग्गाको साँध खोलाको बगरसम्म पुर्याएर महँगोमा बेचे । खरिद गर्नेले साँध अझ धकेलेर खोलामै पुर्याएर पर्खालसमेत लगाए । स्थानीय निकाय, प्रशासन र नापीसमेत मूकदर्शक बनेको वेला भूमाफियाले साँघुरो खोलालाई पनि माफ गरेनन् । यस्तो समूहले स्काभेटर चलाएर ०७२ सालमा एकै रातमा खोलाको धार नै उल्टाइदियो ।

यही विषयलाई लिएर मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट सिमानाका स्थानीयबीच झडप नै भयो । खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको एउटा डोजर र एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, यसको दीर्घकालीन समाधान खोजिएन । वर्षामा पानी बढ्दा खोलालाई बहाव पुग्दैन । जसले खोला मिचेका छन् तिनको मात्र होइन, आमसर्वसाधारणको घर पनि डुबाउँछ । तर, यसको समाधान कसरी गर्ने ? सरकारसँग पनि कुनै नीति छैन ।

कान्तिपुर
–आजको कान्तिपुरमा नदी अतिक्रमणले डुब्यो भक्तपुर शिर्षकमा लीला श्रेष्ठले लेखेको समाचार छापिएको छ। अतिक्रमणका कारण नदी साँघुरिएकाले अविरल वर्षापछिको बाढीले निकास पाउन नसक्दा भक्तपुर जलमग्न भएको छ । बुधबार रातिदेखिको वर्षाले हनुमन्ते नदीमा बाढी आएपछि सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका अधिकांश स्थान डुबानमा परेको हो । प्रत्येक वर्ष जिल्लाको मुख्य नदी हनुमन्ते तथा सहायक खोलाहरू अतिक्रमणका कारण साँघुरिँदै गएका छन् ।

बालकोट, सिरुटार, कौशलटार, गठ्ठाघर, सागबारी, नयाँ थिमि, शंखधरचोक, एसएस चोक, ब्राइटर, कमेरोटार, राधेराधे, सिर्जनानगर, सल्लाघारी, निकोसेरा, दुवाकोट, जगाती तथा लिवाली क्षेत्रका सयौं घर, अस्पताल, विद्यालय डुबानमा परेका छन् । हनुमन्तेको बाढी ६ लेनको सूर्यविनायक–तीनकुने सडकभन्दा ४ फिटसम्म उचाइको बस्तीमा पुगेको थियो । डुबानका कारण अरनिको राजमार्गअन्तर्गत कोटेश्वर, सूर्यविनायक भएर चल्ने लामो दूरीका यातायातसमेत प्रभावित भए । उपत्यकाबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लामा चल्ने सवारीसाधन रोकिँदा सयौं यात्री अलपत्र परेका थिए । यातायात बिहीबार दिउँसो मात्र खुलाइएको थियो ।

भक्तपुर नगरको बस्तीमा मध्यरातिदेखि तथा सूर्यविनायक, मध्यपुर थिमि आसपासमा बिहान ५ बजेदेखि हनुमन्तेको बाढी पसेपछि जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

बाढीले भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घर डुबानमा परे । ‘टहरामा एक्कासि पानी पसेपछि भूकम्पपीडितको बिचल्ली भएको छ,’ शिविरमा बस्दै आएका वीरेन्द्र खाइजुले भने, ‘निकाल्न सकिने सामान निकाल्यौं, धेरै त झिक्नै पाइएन ।’ मध्यपुर अस्पताल, सिद्धि स्मृति, डा. इवामुरालगायत अस्पताल डुबानमा पर्दा उपचार सेवा प्रभावित भएको छ भने विद्यालय डुबानका कारण बिहीबार अधिकांशमा पठनपाठन भएनन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले बाढी तथा डुबानमा फसेका १ सय ११ जनाको सकुशल उद्धार गरिएको छ । जसमध्ये सल्लाघारीकी १८ वर्षीया अमृता श्रेष्ठ, १९ वर्षीया अरुली श्रेष्ठ र सिर्जनानगरकी ६५ वर्षीया सोमती लामा घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए ।

बाढीले २५ चौपाया तथा २ हजार कुखुराको चल्ला बगाएको प्रहरीले जनाएको छ । जिल्लामा करिब ५० घर तथा टहरामा आंशिक क्षति भएको र करिब ५ सय घरपरिवार आंशिक विस्थापित हुनुका साथै अन्नबाली, लत्ताकपडालगायतका सामान क्षति भएको एसपी श्रेष्ठले बताएको समाचारमा उल्लेख छ ।

त्यस्तै प्रभावकारी बन्दै चुरे संरक्षण शिर्षकमा अर्को समाचार छापिएको छ । चुरे क्षेत्र संरक्षण गर्न गठित राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको प्रभाव देखिन थालेको छ । विशेषगरी बकैया नदी प्रणाली संरक्षण कार्यक्रम मकवानपुरमा सञ्चालन गरिएपछि यसको प्रभावकारिता बढेको हो ।

जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय हेटौंडा, जिल्ला वन कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, वनस्पति कार्यालयले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमअन्तर्गत बकैया नदी प्रणाली कार्यक्रम विगत ३ वर्षदेखि प्रभावकारी ढंगले संरक्षण गर्दै आएका छन् । चुरेको खहरेबाट अत्यन्त प्रभावित बकैया गाउँपालिका र हेटौँडा उपमहानगरमा पर्ने हर्नामाडी र हटियाका विभिन्न भागमा तटबन्धन गरेर बस्तीलाई बचाउनको साथै खहरेबाट हुने जमिन कटानलाई रोकेको छ ।

जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय हेटौँडाले छत्तिवनस्थित बकैया खोला नियन्त्रण गर्न छतिवन–४ रमनटारमा २ सय ९० मिटर लामो तटबन्धन निर्माण गरेको छ । नयाँ स्परहरू निर्माण गर्नुको साथै पुरानो मर्मतसम्भार पनि गरेको छ । तटबन्धनले रमनटारको ५० घरधुरीको संरक्षण गर्नुको साथै ७५ बिगाभन्दा बढी ऊर्वरा जमिनको कटानलाई रोकेको छ । यसैगरी छतिवन ८ कर्मचुलीमा बकैया नदीको नियन्त्रण गर्न २ सय २० मिटर लम्बाइ रहेको तटबन्धन निर्माण गरेको छ । ‘यो तटबन्धनले कर्मचुलीको सिंगो बस्ती जोगाउनुको साथै सय बिगाभन्दा बढी ऊर्वरा जमिनको संरक्षण गरेको छ,’ जल उत्पन्न प्रकोप व्यवस्थापन हेटांैडाका प्रमुख मनोहर रिजालले भने, ‘बकैया नदी प्रणालीको संरक्षण कार्यक्रमले छतिवनका धेरै बस्ती र ऊर्वरा जमिनलाई संरक्षण गर्न सफल भएको छ ।’ जल उत्पन्नले प्रकोप व्यवस्थापन हेटौंडाले यस चालु आवमा छतिवन–४ हात्तीखोलामा २ सय २५ मिटर निर्माण गरेको छ भने बकैया खोलाको शिर देउता खोलामा पनि तटबन्धन निर्माण गरेको छ । चालु आवमा जलउत्पन्नले बकैया नदी प्रणाली संरक्षण कार्यक्रमअन्तर्गत ३ करोड ७० लाख रुपैयाँ लगानी गरेको समाचारमा उल्लेख छ ।

राजधानी
– आजको राजधानीमा वर्षाले भक्तपुर जलमग्न शिर्षकमा सञ्जीव दुलालको समाचार छापिएको छ ।
अबिरल वर्षाका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । करिब १८ घण्टाको लगातार वर्षाका कारण भक्तपुरका चारवटा नगरपालिकाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । अबिरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले कतिपय बस्ती डुबानमा परेका छन् । अरनिको राजमार्ग र भित्री सडक पनि वर्षाको चपेटामा परेका छन् ।
प्रहरीका अनुसार अबिरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भक्तपुर प्रहरी परिसरका नायब उपरीक्षक (डीएसपी) रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा, उनकी पत्नी ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको छ । उनीहरूको राति नै मृत्यु भए पनि बिहानपख मात्रै छोराबुहारी र आफन्तले त्यसबारे थाहा पाएका थिए । प्रहरीले बिहान मात्र उनीहरूको शव निकालेको थियो । प्रहरीका अनुसार, हीराका छोराबुहारी भने सकुशल छन् । उनीहरू पक्की घरमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ।
महानगगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डीएसपी पोखरेलका अनुसार, पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङमा दुई गरी १५ वटा घर भत्किएको छ । वर्षाले सूर्यविनायक नगरपालिकाको आशापुरीमा एक घर भत्किएको छ । बाढीले भत्काएका टहरा र माटोको घरको लागत संकलन भइरहेको छ । यसैगरी, बाढीपहिरो र डुबानमा परेका एक सयभन्दा बढीको उद्धार गरिएको छ ।

त्यस्तै टहराकै बास, अनुदानको झिनो आस शिर्षकमा अर्जुन श्रेष्ठको समाचार छापिएको छ । भूकम्पले भत्काएर भग्नावशेष बनेको घर । छेउमै धुजाधुजा भएको त्रिपाल, निगालोको मान्द्रो र प्वाल परेका जस्ताले बेरिएको जीर्ण अस्थायी टहरा । यत्रतत्र छरिएका घरायसी सामग्री । रुबीभ्याली गाउँपालिका–३ धादिङका ७३ वर्षीय पर्मेन तामाङको बसोबासस्थल हो यो । २०७२ वैशाखयता उनको दैनिकी अस्थायी टहरामा अभाव र समस्यासँग पौंठेजोरी खेल्दैमा बितिरहेको छ ।

घर बनाउन सरकारले दिने अनुदान रकम कुरेर बसेका तामाङ भूकम्पले बचेको २ मुठी सास यही टहरामा जानेमा चिन्तित छन् । श्रीमतीको निधन भएको १० वर्ष पुग्न लागेको छ । उनी भन्छन्, ‘दुई छोरी थियो विवाह गरेर गइहाले एक्लो मान्छे अब त गरेर खान पनि सक्दिनँ ।’
हालैको भेटमा आँखा रसिलो पार्दै उनले भने, ‘न काल आयो न बाँच्ने ताल आयो ।’ उनी दोहोर्याउँदै सोध्छन्, ‘घर बनाउने पैसा अरूले चाहिँ पाउने मैले किन नपाउने रु’ उनलाई लागेको छ, आफूले भूकम्पपीडितको अनुदान नपाउनुमा कि इन्जिनियरको बदमासी हुनुपर्यो कि सरकारले नै पक्षपात गरेको छ । ‘भोट माग्नेबेला नेताले केके आस देखाए, जितेपछि मुख देखाउँदैनन्, लामो सास तान्दै भन्छन्, ‘अब त बुढेसकाल लागिहाल्यो दुखीलाई दुःखले नै लखेट्ने रहेछ ।’
सेर्तुङकै ६६ वर्षीया चेसङ तामाङ पनि अस्थायी टहरामै छिन् । भूकम्पपछि गाउँमा आएका इन्जिनियरले पटकपटक भत्किएको घरको फोटो र आफ्नो विवरण लगेको उनी सुनाउँछिन् । ‘तर, खै गाउँमा थोरैको मात्र नाम आयो मैले गुनासो पनि गरें तर मेरो नामै निस्केन,’ उनी भन्छिन् ।
उनलाई आचकल जसले पनि घर कहिले बनाउने भनेर सोध्छन् । ‘सधैं टहराकै बास होलाजस्तो छ, दिन्छु भनेपछि त सरकारले दिनुपर्ने हो,’ आश लाग्दो भावमा उनले सुनाइन्, ‘उत्तर भए पो दिनु ।’

नागरिक
– आजको नागरिकमा बाढीको वितण्डा शिर्षकमा कृष्ण किसीको समाचार छापिएको छ । भीषण वर्षापछि आएको पहिरोमा परी बिहीबार भक्तपुरमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। यस्तै काभ्रेमा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ। भक्तपुरका हनुमन्ते, मनोहरा, खासांगखुसगलगायतका खोलामा आएको बाढी बस्तीमा बस्दा सयौं घर डुबानमा परेका छन् भने बाढीले बनेपास्थित पुण्यमाता खोलामा रहेको पुलमा क्षति पुर्याउँदा ९ घन्टासम्म अरनिको राजमार्ग अवरुद्ध भएको छ।

भक्तपुर चाँगुनारायण नगरपालिका ७ वागीश्वरी मझुवागाउँका बुद्ध लामाको घर पहिरोले भत्काउँदा अढाई वर्षीया बालिका सम्पदा लामा, उनका ७० वर्षीय हजुरबुबा हीरा र हजुरआमा ६५ वर्षीया पानमायाको घटनास्थलमै मृत्यु भएको हो। घरपछाडिको ढिस्को खसेर घर पुर्दा ओछ्यानमा रहेका तीनैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हीराकी बुहारी शर्मिलाले घटनाबारे बिहान पौने ६ बजेतिर मात्रै थाहा पाएको बताइन्। ‘बिहान सबेरै सासूससुरा सुत्ने घर भत्केको देखें’, उनले भनिन्, ‘सँगै जोडिएको घरमा सुतिरहेका देवर बुद्धलाई जानकारी गराएपछि दुर्घटना भएको थाहा पायौं।’ घर उत्खनन् गरेर तीनैजनाको लास निकालेको जानकारी उनले दिइन्। सम्पदा र उनकी हजुरआमा पानमायाको शव अंकमाल गरेको अवस्थामा भेटिएको थियो।

सम्पदाका आमा जापानमा छिन्। उनलाई स्कुल लैजाने र ल्याउने काम हजुरआमा–हजुरबुबाले गर्दै आएका थिए। त्यसैले उनी सधैं हजुरआमा हजुरबुबासँग सुत्थिन्। सम्पदाका पिता बुद्ध भने जोडिएको घरमा एक्लै बस्दै आएका छन्।

एकै परिवारको तीनजनाको मृत्यु भएपछि वडाबासी शोकमा परेका छन्। स्थानीय जमुना भारतीले भनिन्, ‘घटनाले मेरो परिवार मात्रै होइन, पूरै चाँगुनारायण शोकमा डुबेको छ।’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले घटना थाहा पाउनेबित्तिकै उद्धार टोली घटनास्थल पुगे पनि उद्धार गर्न नसकिएको बताएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा अव्यवस्थित सहरीकरणले विपद् शिर्षकमा छेटु शेर्पाको समाचार छापेको छ । अव्यवस्थित सहरी विकासले कुलो, नहर, ढलको निकास थुनिँदा भक्तपुर जलमग्न भयो । खोलाका निकास अवरुद्ध हुँदा काठमाडौं उपत्यकालगायतका ठूला शहरहरू बाढी र डुवानको जोखिममा परेका छन् । उपत्यका, आसपास र ठूला सहरमा बग्ने खोला साँघुरिएको र पुरिएर बस्ती भन्दामाथि छ । नदी मिचेर, खोलानै टालिने गरी भवन निर्माण गरिँदा विपत्ति निम्तीने गरेको पूर्वसचिव तथा इन्जिनियर किशोर थापाले बताए ।

‘प्रकृतिले आफ्नो बाटो लिदाँ विपत्ति आयो, प्राकृतिक व्यवस्थापन मुख्य हो’, पूर्वसचिव थापाले भने, ‘नदीनाला, बर्खाको बाढीलाई व्यवस्थित नबनाइँदा समस्या आएको हो ।’ अग्ला घर र पर्खालका कारण पानी बग्ने क्षेत्र थुनियो । नदीमाथि बनेका संरचना भत्काउनु, बनाइएका अग्ला पर्खालमा पानी बग्ने भाग अनिबार्य राख्नुको विकल्प नभएको भनाई उनको छ ।

नयाँ बस्ती बिस्तार हुदाँ विपत्लाई सम्झेर योजनाबद्ध व्यवस्थापन गर्नु पर्ने, पानी, ढलको निकास, नदीको उचित व्यवस्थापन गर्नुपर्ने, टोलटोलमा सुरक्षित स्थान निर्माण गर्नुपर्ने थापाको सुझाव छ ।

बिहीबार बिहानसम्म उपत्यकामा ९४ मिलिमिटर पानी पर्दा यस्तो हालत भयो ।सहरीक्षेत्रको जोखिम पहिचान गरी समधानका उपाय कानुनमै उल्लेख गरी सहरीविकास मन्त्रालयले ‘आधारभूत मादण्ड २०७२’ जारी गरे पनि पालना नगर्दा समस्या भएको काठमाडौं उपत्यका विकास प्राधिरणका आयुक्त भाइकाजी तिबारी बताउँछन् ।

कानुनी आधार स्थानीय तहले वेवास्ता गरी जथाभावी संरचना निर्माण गर्न दिएका छ । यसले सहरीविपत बढी गइ रहेको छ । प्राधिकरणले सहरीविपतलाई चार प्रकारले पहिचान गरी सचेत हुन कानुनी आधार तयारी गरी सकेको छ ।

बाढी र ढुवानबाट, पेट्रोल पम्पबाट, पहिरोबाट र भुइचालो आउँदा जमिन भासिने जस्ता सहरीजोखिम पहिचान भइ सकेको छ । उपत्यकाको काठमाडौंको सामाखुसी, गंगबु, गैरीधारा, शंखमुल, नरेफाँट, ढुबान हुने र भक्तपुरको जगाती, सूर्यविनायक, सल्लाघारी, सृजनानगर, राधेराधे, ठिमी, चारदोभाटो छन् । यता ललितपुरको चोभारबाट पानीको निकास हुन नसक्दा सुन्दरीघाट, कर्मनाशा, हात्तीवन क्षेत्र ढुवान हुनेछ ।

मन्त्रालयले खोलाको मापदण्ड तोकेको छ तर स्थानीय निकायले कानुनलाई वेवास्ता गरी जथाभावी भवन निर्माण अनुमति दिँदा बाढी र ढुवान हुने गरेको प्राधिकरणको आरोप रहेको समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार