Thursday, October 24, 2024

विश्व बैंकले नेपालको विपद् व्यवस्थापनमा १५० मिलियन डलर प्रदान गर्ने

८ कात्तिक, काठमाडौं
विश्व बैंकले नेपालको विपद् व्यवस्थापनका लागि १ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।

बैंकको मुख्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, मालदिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ५५औँ वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज (बिहीबार) सो सम्झौता भएको हो । विश्व बैंकको उक्त रकम विपद् पुनस्थापना, पुनरूत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार