‘भद्र’ र ‘रुपसी’ कार्गाे विमानमा चीन उडे

काठमाडाैं– नेपालले एक जोडी एकसिंगे गैंडा बिहीबार उपहारस्वरूप चीन पठाएकाे छ।

दुर्इ जाेडी गैंडा उपहार दिने भनिएकाेमा पहिलाे चरणमा   ‘भद्र’ भाले र ‘रुपसी’  पाेथीलार्इ बिहीबार बेलुका कार्गाे विमानमार्फत चीन पठाइएकाे हाे।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा अाेलीले नेपालका लागि चिनियाँ राजदूत यु हाेङलार्इ हस्तान्तरण गरेका थिए।  चितवनदेखि नै विशेष खोरमा राखेर ल्याइएका ती गैंडा खुमल्टारबाट पनि त्यही अवस्थामा त्रिभुवन विमानस्थल पुर्याइएको थियो।

वायुसेवा निगमको लोडरले ट्रकबाट ‘रुपसी’ र ‘भद्र’ लाई चिनियाँ कार्गो विमानमा खोर सहित हालेर पठाएको विमानस्थलमा खटिएका सुरक्षाकर्मीले बताएका छन्। ती एक जोडी गैंडा चीनको ग्वान्जाओस्थित पान्यु जिल्लाको चिमेलोङ सफारी पार्कमा राखिने छ।

 गैंडासँगै वरिष्ठ पशु अधिकृत डा कमल गैरे लगायत सहायक प्राविधिक र केयर टेकर पनि गएका छन्।अर्को एक जोडी गैंडा अागामी आर्थिक वर्षमा उपहार दिइनेछ।

नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत  भारत, अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रिया लगायतका विभिन्न देशमा  २६ गैँडा उपहारस्वरुप पठाइसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार