Friday, September 27, 2024

नेपालद्वारा चीनलाई एक जोडी गैंडा हस्तान्तरण (भिडियो सहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक जोडी एकसिंगे गैंडा उपहारस्वरुप चीनलाई हस्तान्तर गरेका छन्।

तस्वीर : अमिष रेग्मी

प्रधानमन्त्री ओलीले ‘रुपसी ’ र ‘भद्र’ नामका ती गैंडालाई बिहीबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्र्यालय परिसरमा आयोजित एक कार्यक्रममा चिनियाँ राजदूत यू होङमार्फत् चीन सरकारलाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ‘रुपसी’ र ‘भद्र’ सँग सम्बन्धित कागजातहरू साइटिस निर्यात प्रमाणपत्र, प्रजाति उत्पति, प्रमाणपत्र, गैँडाको स्वास्थ्य स्थिति सम्बन्धी प्रमाणपत्र र क्वारेन्टनाइन प्रमाणपत्र राजदूत यु लाई हस्तान्तरण गरे । उक्त कागजात बुझ्दै चिनियाँ राजदूत यूले ‘रुपसी’ र ‘भद्र’ चीनलाई उपहार स्वरुप दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिइन् ।

प्रधानमन्त्री ओलीले नेपालले भने, ‘चीनमा गैडा पठाउन पाउँदा म असाध्यै खुसी छु, ‘भद्र’ र ‘रुपसी’ सानो भूगोलका ब्यापकता हुन् , यिनीहरू नेपाली माटोका बासिन्दा हुन् ।’

गैंडा हस्तानान्तरणले आगामी दिनमा दुई देशबीच वन्यजन्तु, वनजंगल, जैविक विविधता संरक्षणमा थप सहयोग र समन्वय मिल्ने उनको भनाइ छ ।

पहिला भृकुटी, अरनीको जस्ता देशका विभूति चीनलाई दिएको र अहिले पनि नेपालको गहना एक सिंगे गैँडा उपहार स्वरुप दिन पाउँदा खुसी लागेको प्रधानमन्त्रीले बताए ।

साथै उनले चीन र नेपालबीच मानवीय सम्बन्ध मात्रै नभइ जैविक सम्बन्ध पनि स्थापित भएको बताए। ‘जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थान नै मासिने खतरा भएको अवस्थामा चीनमा गैंडा पठाएर हामीले विसम परिस्थितिमा वन्यजन्तुको उद्धारका निम्ति कसरी अन्यत्र सार्न सक्छौँ भन्ने प्रयोग पनि हो,’ उनले भने, ‘भद्र र रुपसीको स्वास्थ्य राम्रो होस् , उनीहरु खुसी हुन ।’

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘भद्र’ र ‘रुपसी’ ले चीनमा नेपाली परिवेश झल्काउने उल्लेख गरे। यसको हस्तानान्तरणले गैंडा लगायत अन्य वन्यजन्तुहरुको चोरीशिकार नियन्त्रण गर्न समेत ठोस योगदान पुग्ने र विश्व समुदायलाई समेत सकारात्मक सन्देश जाने उनको भनाइ छ ।


नेपालका गहनाका रुपमा रहेका एक सिंगे गैँडा चीनले पाउनु सौभाग्य भएको बताउँदै उनले तिनीहरूको हेरचाह राम्रोसँग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ राख्न यसले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन्, ‘भद्र र रुपसीलाई चिनियाँ जनताले स्वागत गर्नेछन्, ती गैंडा स्वस्थसँग आफ्नै जन्मभूमिमा जस्तै रमाएर बाँच्ने छन्। ’

ती एक जोडी गैंडा चीनको ग्वान्जाओस्थित पान्यु जिल्लाको चिमेलोङ सफारी पार्कमा राखिने छ । त्यो पार्कमा आफ्नै घरेलु जनावरको भीडमा ती गैंडा राखिदा त्यसले नेपालको सान बढाउने राजदुत युले बताइन्। ‘आफ्नो घरमा जसरी ती गैंडा रत्तिएका छन्, चिमेलोङ सफारी पार्कको तापक्रम र हावापानी चितवनको जस्तै रहेको छ,’ उनले भनिन्, ‘यहाँ विश्वका विभिन्न दुर्लभ प्रजातीका जीजन्तु पनि पाइन्छ । ।


नेपाल र चीन सरकारबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदान गर्नुका साथै दुबै देशवीच सुमधुर सम्बनध कायम गर्ने उदेश्यले मन्त्रपिरिषदको २०७३ असार २६ गतेको निर्णयले चीनलाई २ जोडी एकसिंगे गैैंडा (२ भाले र २ पोथी ) उपहार दिने निर्णय गरेको थियो ।

गैंडा प्रदान गर्ने सम्बन्धमा वन तथा भू–संरक्षण मन्त्रालय (हाल वन तथा वातावरण मन्त्रालय ) र चीनको द स्टेट फरेष्टि एड्मिनीष्ट्रेस ( हाल नेसनल फरेष्ट्रि एण्ड ग्रासल्याण्ड एड्मिनीष्ट्रेस ) का बीच सन् २०१७ अप्रिलमा सहमति पत्रमा हस्ताक्षर भएको र २५ जुन २०१८ मा नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो । अर्को एक जोडी गैंडा आउने आर्थिक वर्षमा दिइनेछ।

नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत भारत, अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रिया लगायतका बिभिन्न देशमा २६ गैँडा उपहारस्वरुप पठाइसकेको छ।

चितवन राष्ट्रिय निकञ्जबाट ल्याइएका ती गैंडा बिहीबारै चीनको कार्गो विमानमार्फत त्यसतर्फ पठाइँदैछ । गैंडासँगै वरिष्ठ पशु अधिकृत डा कमल गैरे लगायत सहायक प्राविधीक र केयर टेकर पनि जाँदैछन्।

ताजा समाचार

सम्बन्धित समाचार