Friday, September 27, 2024

भक्तपुरमा १० घण्टामा १२९ मिलिमिटर वर्षा

काठमाडौं–भक्तपुर क्षेत्रमा १० घण्टाको अवधिमा भारी वर्षाको मापन गरिएको छ।

भक्तपुर र आसपास रहेका विभिन्न वर्षामापन केन्द्रहरुको मापनअनुसार भक्तपुरमा १ सय २९ दशमलव ६ मिलिमिटर वर्षा भएको हो। यो मापन बुधबार बिहान बजेर ४५ मिनेटदेखि बिहीबार बिहान ८ बजेर ४५ मिनेटसम्मको रहेपनि मुख्यत बुधबार बेलुकीदेखि वर्षा भएको थियो।

यसैगरी, नगरकोटमा १ सय १७ मिलिमिर, गोदावरीमा १ सय १५ दशमलव ८ मिलिमिटर र चागुनारायणमा ७६ मिलिमिटर वर्षा मापन गरिएको छ।

वर्षापछि पहिरो खस्दा चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा एउटा टहरो पुरिएको थियो। टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको भक्तपुर महानगरीय प्रहरी परिसरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए।

वर्षापछि हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले तटीय क्षेत्र डुबानमा परेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार