Friday, September 27, 2024

सर्वेक्षण भन्छ– आधाभन्दा बढी युवायुवती विद्युतीय कार चाहान्छन्

काठमाडौं– बेलायतमा गरिएको एक अध्ययनअनुसार आधाभन्दा बढी युवायुवती विद्युतीय कारको प्रयोग गर्न चाहान्छन्।

तर, पौढहरुको रोजाई भने इन्धनबाट चल्ने कार नै रहेको छ। कारहरुको कम्पनी एए ले गरेको एक सर्वाेक्षण अनुसार युवाहरु विद्युतीय कारतर्फ आकर्षित भएका छन् । यसले वायु प्रदूषण र जलवायु परिवर्तनका असरहरु काम गर्न सहयोग गर्ने विश्वास लिइएको छ।

पौढलेभन्दा युवाहरुले पछिल्ला प्रविधिहरुको बढी प्रयोग गरेको पाइएको पनि सो अध्ययनले देखाएका छ । सरकारले सन् २०३० सम्मम कार्वत उत्र्सजन गर्ने गाडीहरुको बिक्रीमा ५० प्रतिशतले कमी ल्याउने घोषणा गरेको केही समयमा नै युवाहरुको रोजाई विद्युतीय कार रहेको खुलेको हो। करीब १० हजार व्यक्तिहरुको बीचमा गरेको सर्वेक्षणमा यस्तो नतिजा देखा परेको हो। सर्वेक्षणको क्रmममा ८५ प्रतिशतले सार्वजनिक स्थान चार्ज गर्ने पर्याप्त ठाउँहरु नभएको बताएका थिए । ७६ प्रतिशतले चाहि यो धेरै महंगा भएको बताएका थिए। पछिल्लो समयमा विभिन्न स्थानमा व्यापक मात्रामा चार्ज गर्ने केन्द्रहरु निर्माण गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार