Thursday, September 26, 2024

काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन सरकारको रोक

काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा सरसमान ढुवानी गर्ने साधन टिपरलाई निश्चित समयमा मात्र चल्न दिने भएको छ।

टिपरले किच्दा ज्यान जाने घटनामा बढोत्तरी भएपछि गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर चलाउन दिने भएको हो।

गृहमन्त्रालयका प्रवक्ता रामकुृष्ण सुवेदीका अनुसार साउन १ गतेदेखि तोकिएको समय बाहेक टिपर चलाइए प्रशासनले कारबाही गर्नेछ। त्यसका लागि गृहले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन निर्देशन दिइसकेको छ। यो निर्णयले सवारी दुर्घटनामा कमी आउने विश्वास रहेको सुवेदीले बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असार महिनामा काठमाडौँ उपत्यकामा १ सय ८ वटा दुर्घटना भएकामा ४० वटा दुर्घटना टिपरले निम्त्याएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार