Thursday, September 26, 2024

यातायातमा सिण्डिकेट ब्यूँताउन असम्भव : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात क्षेत्रमा सिण्डिकेट ब्यूँताउन असम्भव रहेको बताएका छन्।

सरकारले औपचारिक रुपमै यातायातको सिण्डिकेट अन्त्यको घोषणा गरिसकेकाले अब सिण्डिकेट फर्कनै नसक्ने गृहमन्त्री थापाले दाबी गरे।

युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट बुधबार राजधानीमा आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रियामा गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भइरहेको भन्दै त्यो पुरा नहुने बताएका हुन्।

‘अहिले पनि केही मुठ्ठीभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने, यो क्षेमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ,’ उनले भने।

गृहमन्त्री थापाले यातायात मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जरा गाडेको सिण्डिकेट पनि विकासको बाधक रहेको बताए।

ताजा समाचार

सम्बन्धित समाचार