Thursday, September 26, 2024

पत्रकारद्वय मियाँ र भण्डारीलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’

काठमाडौँ–पत्रकारद्वय अब्दुल्लाह मियाँ र कोकिला भण्डारी ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुने भएका छन्।

पत्रकार अब्दुल्लाह मियाँ

कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक मियाँ र गोरखापत्र दैनिकका धनकुटा संवाददाता भण्डारीलाई वन विभागले उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

पुरस्कार सामुदायिक वन दिवसको अवसरमा साउन २५ गते प्रदान गरिने जनाइएको छ। पुरस्कारको राशी जनही २५–२५ हजार रुपैयाँ रहेको छ।

नेपाल वातावरण पत्रकार समूहले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा वन विभागले पुरस्कारका लागि छनोट गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार