Wednesday, September 25, 2024

खुमलटारमा ‘भद्र’ र ‘रूपसी’ (फाेटाे फिचर)

काठमाडाैं–चीन सरकारलाई उपहार स्वरुप दिइने एक जोडी गैंडा चितवनबाट काठमाडौं ल्याइएको छ।

चितवन राष्टिय निकुञ्जबाट दुई गैडालाई गएराति काठमाडौं ल्याइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

मंगलबार दिउँसो पौने ३ बजे चितवनबाट सहसेनानीको कमाण्डमा सेनाको टोलीले स्कटीङ गरी ल्याएको गैंडा राति ११ बजे ललितपुर खुमलटारस्थित राष्ट्रिय प्रकृति कोषको कार्यालय परिषरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। गैंडालाई विशेष प्रकारको खोरमा राखेर ट्रकबाट काठमाडाैं ल्याइएको हो।

काठको खोरभित्र राखिएको भद्रलाई ना५ ख ७९९६ नम्बर र रुपसीलाई ना ७ ख १२७० नम्बरको ट्रकमा हालेर ल्याइएको हो।

बिहीबार चीन पठाइने गैंडालाई बुधबार दिनभरी नै कोषको परिषरमा राखिनेछ। बिहीबार ती गैंडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको टोलीलाई हस्तान्तरण गर्नेछन्। तस्वीर : अमिष रेग्मी

 

ताजा समाचार

सम्बन्धित समाचार