Thursday, September 26, 2024

घोराहीमा जमराको जुस उत्पादन

दाङ–दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ।

काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो। स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो।
प्रालि प्रमुख बालिका लामिछानेका अनुसार घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसको संख्या बढ्दै गएको छ।

प्रतिगिलास १ सय २५ मा जुस बिक्री भइरहेको छ। उनका अनुसार यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुन्छ। बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ।

उत्पादन केन्द्रमा अहिले जुस पिउन आउनेको बिहान भीडभाड हुने गरेको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार