Thursday, September 26, 2024

‘रुपसी’ र ‘भद्र’ लार्इ आज दिनभर खुमल्टारमा

ललितपुर– चीन सरकारलाई उपहार स्वरुप दिइने एक जोडी गैंडा चितवनबाट काठमाडौं ल्याइएको छ।

चितवन राष्टिय निकुञ्जबाट दुई गैडालाई गएराति काठमाडौं ल्याइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

मंगलबार दिउँसो पौने ३ बजे चितवनबाट सहसेनानीको कमाण्डमा सेनाको टोलीले स्कटीङ गरी ल्याएको गैंडा राति ११ बजे ललितपुर खुमल्टारस्थित राष्ट्रिय प्रकृति कोषको कार्यालय परिषरमा राखीएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। गैंडालाई विशेष प्रकारको खोरमा राखी ट्रकबाट काठमान्डौ ल्याइएको हो ।

बिहीबार चीन पठाइने गैंडालाई बुधबार दिनभरी नै कोषको परिषरमा राखिनेछ। बिहीबार ती गैंडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको टोलीलाई हस्तान्तरण गर्नेछन्।

गैंडासगै २ जना केयर टेकर र १–१जना भेटरिनरी डाक्टर र सहायक प्राविधीक चीन जाने विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए। अर्को एक जोडी आउने आर्थिक वर्षमा दिइने छ।

उपहार दिएको नेपाली गैंडा चीनको चिमेलाङ सफारी पार्कमा राखिने अधिकारीहरुले बताएका छन्। नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत विभिन्न देशमा २६ गैँडा उपहारस्वरुप पठाइसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार