Wednesday, September 25, 2024

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम प्रक्षेपण गरेको छ।

महाशाखाले मौसमी बुलेटिन जारी गरी मंगलबार दिउँसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताएको छ।

यसैगरी, पूर्व र मध्यका पहाडी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र बेलुका देशभरि नै बदली भइ पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ।

यद्यीि, मुलुकका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

महाशाखाका अनुसार बुधबार देशभरि नै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, बिहीबार पनि पश्चिमका अधिकांश स्थान, पूर्व र मध्यका पहाडी भूभागमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहोके छ।

ताजा समाचार

सम्बन्धित समाचार